माओवादी विद्यार्थी नेता रत्न ढकाल काभ्रेमा विजयी


२४ मंसिर २०७४, आईतवार
ratna dhakal रत्न ढकाल 1

काठमाडौं: काभ्रे क्षेत्र नम्बर १ प्रदेशसभा ‘क’ मा वाम गठबन्धनका उम्मेरदार रत्न ढकाल विजयी भएका छन् ।

ratna dhakal रत्न ढकाल 1
माओवादी केन्द्रका विद्यार्थी नेता ढकालले नेपाली कांग्रेसका चन्द्रबहादुर लामालाई ७ हजार २ सय ६१ मत अन्तरमा पराजित गरेका हुन् ।
ढकालले २५ हजार १ सय ६ मत ल्याउदै विजयी भए । प्रतिद्वन्द्वी लामाले १७ हजार ८ सय ५५ मत ल्याए ।
भारत र चिनले लिपुलेक क्षेत्रमा आ—आफ्नो सेना राख्ने निर्णपछि त्यसको विरोधमा ढकालको नेतृत्वमा विद्यार्थीहरु लिपुलेकसम्म पुगरे झण्डा गाडेका थिए ।
तत्कालीन वैद्य नेतृत्वको माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रहेका ढकाल रामबहादुर थापा (वादल) संगै माओवादी केन्द्रमा पुन फर्किएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७