नेपाली चेली प्रतिष्ठा मिस इङल्याण्डको फाइनलमा

हात पारिन् ‘पब्लिसिटी क्विन’ उपाधि


१९ जेष्ठ २०७६, आईतवार
publisi

लण्डन, १९ जेठ । नेपाली चेली प्रतिष्ठा ‘तृष’ राउतलाई बेलायतको एउटा प्रतिष्ठित सौन्दर्य प्रतिष्पर्धा ‘मिस इङल्याण्ड’ को फाइनलमा प्रवेश गरेकी छिन् ।

बेलायत अल्डरसट निवासी २६ वर्षीया प्रतिष्ठा शुक्रबार भएको सेमिफाइनलबाट अन्तिम प्रतिष्पर्धाका लागि ४० मध्ये छानिएकी हुन् । उनी फोटो हिट चरण पार गरेर सेमिफाइनल पुगेकी थिइन् ।

प्रतिष्पर्धामा भाग लिन करीब २० हजारले आवेदन दिएका थिए । सेमिफाइनलमा इको ड्रेस राउण्ड, लिटल ब्ल्याक ड्रेस राउण्ड र ब्यूटी वीथ पर्पोज गरि ३ राउण्ड भएको थियो । पब्लिक भोटले उनलाई पब्लिसिटी क्वीन उपाधि दिलाएको छ । अन्तिम फाइनल समरमा हुने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७