च्याम्पियन्स लिगको फाइनल चलिरहँदा पोर्न साइटकी महिला लुगा खोलेर मैदानमा दौडिएपछि (भिडियो)


२० जेष्ठ २०७६, सोमबार
champion

काठमाडौं, २० जेठ । आइतबार बिहान स्पेनको मड्रिडस्थित मेट्रोपोलिटानो मैदानमा लिभरपुल र टोटनह्यामबीच च्याम्पियन लिगको फाइनल खेल चलिरहेको थियो ।

करिब २० मिनेटको खेल चलिरहँदा लिभुरपुल १–० ले अघि थियो । त्यसै बेला एक महिला दर्शकको भीडबाड दौडँदै मैदानमा प्रवेश गरिन उनी आफ्ना लुगा फालेर मैदानको बीचतिर दौडिइन् ।
सुरक्षार्थ खटिएका व्यक्ति उनको पछिपछि दौडिएर गए । उनलाई समातेर बाहिर ल्याए ।

एकैछिन रोकिएको खेल पुनः सुचारु भयो । ती महिला को हुन् ? किन उनले त्यसो गरिन ? अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आएका खबरअनुसार उनले एक पोर्न वेब साइटको प्रचारका लागि यस्तो हर्कत गरेकी थिइन् ।
च्याम्पियन्स लिगको उपाधि लिभरपुललाई
किन्सी वलान्स्की नामकी ती महिला ख्ष्तबथि ग्लअभलकयचभम नामको पोर्न वेब साइटकी सञ्चालक हुन् । उनले यही च्यानलको प्रचारका लागि यस्तो हर्कत गरेकी थिइन् । दी सनकाअनुसार किन्सी वलान्स्की चर्चित प्रान्क युट्युब च्यालनकी सञ्चालक भिटाली दोरोभस्कीकी साथी हुन् ।

उनीहरू युट्युब च्यानलकासाथै त्यस पोर्न साइटका पार्टनर हुन् । भिटाली दोरोभस्कीले २०१४ को विश्वकप फाइलनमा यस्तै हर्कत गरेकी थिइन् । त्यसपछि उनलाई खेल हेर्नका लागि प्रतिबन्ध गरिएको थियो ।
हेर्नुस् भिडियो भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७