प्रदेश–३ का मुख्यमन्त्री पौडेल अस्पताल भर्ना


२० जेष्ठ २०७६, सोमबार

हेटौडा, २० जेठ । प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेल अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि पौडेल आइतबार काठमाडौंस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा भर्ना भएका हुन् ।

dormani

नियमित स्वास्थ्य परीक्षणका लागि आइतबार अस्पताल गएका पौडेल चिकित्सकको सल्लाह अनुसार भर्ना भएको मुख्य मन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

चिकित्सकले आइतबार स्वास्थ्य परीक्षणपछि पौडेललाई एक हप्ता आराम गर्न सुझाव दिएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जनाएका छन् । पौडेल उच्च रक्तचाप तथा मधुमेहबाट पनि पीडित छन् ।

उनको यसअघि हेटौंडाको सामुदायिक आँखा अस्पतालमा आँखाको मोतीयाविन्दुको शल्यक्रिया गरिएको थियो । अस्पताल भर्ना भएसँगै यही जेठ २४ र २५ गते हेटौंडामा हुने प्रदेश समन्वय परिषद्को बैठक समेत प्रभावित हुने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७