‘शिक्षकको मनपरी सरुवा गर्न बन्द गरियोस्’


२० जेष्ठ २०७६, सोमबार
Balkrishna Khad

काठमाडौं, २० जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले शिक्षकहरुको मनपरी ढङ्गले सरुवा गरिने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा प्रमुख सचेतक खाँणले सोलुखुम्बु जिल्लाका विभिन्न पालिकाहरुले विधि र प्रक्रिया विपरित शिक्षाहरुको सरुवा गरेको जानकारी गराएका छन् ।

‘सोलुखुम्बु जिल्लाका विभिन्न पालिकाहरुले विधि र प्रक्रिया विपरीत शिक्षाहरुको सरुवा गरेको पाइएको छ । यस्तो मनलाग्दी सरुवा अविलम्ब सच्याइयोस् । साथै देशभरी नै भइहरेको मनपरी सरुवा रोकियोस् ।’ उनले सरकारले शिक्षकहरुलाई समान व्यवहार गर्नुपर्ने समेत बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७