लिभरपुलको ट्रफी र्‍यालीमा लाखौं समर्थक सडकमा (हेर्नुस् तस्विरहरु)


२० जेष्ठ २०७६, सोमबार

काठमाडौं, २० जेठ । च्याम्पियन्स लिगको उपाधि जितेर इङल्याण्ड फर्किएको लिभरपुललाई लाखौंको संख्यामा रहेका समर्थकले स्वागत गरेका छन् ।

सन् २००५ पछि पहिलो पटक ठूलो प्रतियोगिताको उपाधि जितेको लिभरपुलको ट्रफी परेडमा साढे सात लाख समर्थकको उपस्थिति रहेको थियो ।

समर्थकहरु लिभरपुलको जर्सी, झण्डा र स्काफ लिएर ट्रफी परेडमा उपस्थित थिए । मड्रिडमा भएको फाइनलमा जर्जेन क्लोपको टिमले टोटनह्यामलाई २–० ले हराउँदै छैठौं पटक युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

प्रशिक्षक क्लोप आएपछि लिभरपुल टिम संगठित भएको छ । उसले प्रिमियर लिगमा ९७ अंक बनाए पनि म्यान्चेष्टर सिटीसँग एक अंकले पछि पर्दै उपविजेतामा सीमित बनेको थियो ।

लिभरपुलका प्रशिक्षकको पारिश्रमिक वार्षिक १० मिलियन पाउण्ड
लिभरपुलले युरोपा लिगको उपाधि दिलाएका प्रशिक्षक जर्गेन क्लपसँगको सम्झौता लम्बाउने भएको छ ।

अझै तीन वर्ष वार्षिक ७ मिलियन पाउण्डमा उनको सम्झौता कायमै भए पनि लिभरपुले उनीसँगको सम्झौता पुनरावलोकन गर्दै वार्षिक १० मिलियन पाउण्ड बनाउने तयारी गरेको हो । मड्रिडमा च्याम्पियन्स लिगको फाइनलमा टोटनह्यामलाई २–० ले पराजित गर्दै उपाधि जितेपछि ट्रफी परेडमा प्रशिक्षक क्लप निकै खुशी देखिएका थिए ।

लिभरपुलका मालिका टम वार्नरले भने ‘जर्गेन क्लप लिभरपुलका लागि एक उत्कृष्ट कोच हुन् । उनले अझै केही समय लिभरपुलमै बसेर टिम र समर्थकहरुलाई खुशी दिलाउने छन् ।’

हेर्नुस् तस्विरहरु

liver pool
liver pool 5VDRjqDh48
liver pool2 EcGk2pSQ82
colap1 XvbolSsDWl
colap ujcyu5PohB

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७