अनिल गुरुङको शतक बाबजुद पनि प्रदेश ५ ले गण्डकी प्रदेशलाई हरायो, सौरभको उत्कृष्ट ब्याटिङ


२० जेष्ठ २०७६, सोमबार
pm cup

काठमाडौं, २० जेठ । काठमाडौंमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशको अनिल गुरुङ शतक बाबजुद पनि पराजित भएको छ । कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा अनिलको शतकसँगै जितका लागि २ सय ३५ रनको लक्ष्य पक्ष्याएको प्रदेश ५ ले १ बल अगाडी ७ विकेट गुमाएर पुरा गर्दे जित हात पारेको हो ।

प्रदेश ५ ले गण्डकी प्रदेशलाई ३ विकेटले पराजित गरे । उसका लागि सौरभ खनालले उत्कृष्ट ब्याटिङ गरे । ९० रनको महत्वपूर्ण योगदान दिए । सौरभले १ सय १२ बलमा १२ चौका प्रहार गरेपछि प्रदेश ५ को जित सम्भव बनेको हो । उनी अन्तिम ओभरको तेस्रो बलमा दिपेश श्रेष्ठको बलमा सुवास भण्डारीबाट क्याच आउट भए ।

सौरभले प्रनित थापा मगरसँग चौथो विकेटका लागि उत्कृष्ट ९२ रनको साझेदारी गर्दै प्रदेश ५ को जित सहज बनाएका थिए । ४५ ओभरको तेस्रो बलमा रन आउट हुनु अघि प्रनितले ६६ बलमा ५ चौका प्रहार गर्दै ४५ रन जोडे ।

यसैगरी प्रदेश ५ ले लागि ओपनर सन्दीप सुनार १७ र सुवेन्द्र पाण्डेलाई ११ रन, निश्चिल चौधरी ३३ रन, कप्तान कृष्ण कार्की १३ रन, प्रकाश केसी ७ र जितेन्द्र सहानी १ रनमा अविजित रहे ।
गण्डकीका लागि किशोर महतोले २, विशाल पौडेल, गोविन्द प्रधान र दिपेश श्रेष्ठको नाममा समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको गण्डकीले निर्धारित ४९.२ ओभरमा अल आउट हुँदै २ सय ३४ रन बनायो । उसका लागि ओपनर अनिल गुरुङले सानदार शतक प्रहार गरे । ४५ ओभरको अन्तिम बलमा कप्तान कृष्ण कार्कीलाई छक्का प्रहार गर्दै अनिल गुरुङले १ सय ४१ बलमा शतक बनाए ।

अन्तिम ओभरको पहिलो बलमा अनिल खरेलले विकेटकीपर प्रकाश केसीबाट स्टपम्ङि आउट गर्नु अघि १ सय ५२ बलमा ५ चौका र १ छक्का सहित १ सय १५ रनको योगदान दिए ।

गण्डकी प्रदेशको युवा खेलाडी किशोर महतोले २० रन, कप्तान गोविन्द प्रधान २६ रन, दिपेश श्रेष्ठ २८ रन, सुमन घिमिरे १३ रन, मेख शेन २३ रन, विपिन खत्री ३ रनमा आउट भए ।

प्रदेश ५ का लागि अनिल खरेलले ९.२ ओभरमा २८ रन खर्चेर ५ विकेट लिए । विक्रम भुषाल र कृष्ण कार्कीको नाममा समान २ विकेट रह्यो । सिद्धान्त शाहीले १ विकेट लिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७