सिन्धु टाइगर टिमलाई भुटानमा तीन स्वर्ण र दुई काँस्य पदक


२१ जेष्ठ २०७६, मंगलवार
sindhu

काठमाडौं, २१ जेठ । भुटानको राजधानी थिम्पुमा सम्पन्न पाँचौं अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालबाट सहभागी सिन्धु टाइगर टिमले तीन स्वर्णसहित छ रजत र दुई काँस्य पदक हात पारेको छ ।

जिल्ला तेक्वान्दो संघ सिन्धुपाल्चोकका अध्यक्ष प्रेम भण्डारीको नेतृत्वमा सहभागी १३ जनाको टोलीमध्ये १० जनाले ११ पदक जितेका छन् । प्रतियोगितामा पुम्सेतर्फ भण्डारीले टोलीका लागि पहिलो स्वर्ण पदक दिलाएका थिए । त्यस्तै क्याडेटतर्फबाट ३३ केजी तौल समूहमा सिसम श्रेष्ठले पनि स्वर्ण जिते ।

जुनियर ५२ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी सञ्चिता खड्काले पनि स्वर्ण जितिन् । अध्यक्ष भण्डारीका छोरा सगुनसहित सविन कार्की र दिप्सन केसीले पनि १५ वर्ष भन्दा कम उमेर समूहबाट एक–एक रजत पदक हात पारे ।

टोलीको लागि रजत पदक जित्नेमा ५७ केजी तौल समूहबाट सोनी लामा, ४९ केजीबाट चमेली तामाङ र ७४ किलोबाट गंगा तामाङ छन् । उनीहरुले सिनियर समूहका तर्फबाट प्रतिष्पर्धा गरेका थिए ।

४१ किलो क्याडेटमा प्रतिष्पर्धा गरेका सागर खड्काले एक काँस्य पदक दिलाए भने जुनियर ४८ किलो समूहमा समेत प्रतिष्पर्धा गरेका सविन कार्कीले एक रजतसहित एक काँस्य हात पारे । उनीहरु सवै सिन्धुपाल्चोक हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७