रोयल इनफिल्ड क्लासिक बाइकको नयाँ मोडल बजारमा, कति छ मूल्य ?

देशभर रहेका कम्पनीका १९ शाखाबाट खरिद गर्न सकिने


२१ जेष्ठ २०७६, मंगलवार
royal 1

काठमाडौं, २१ जेठ । रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता एमभी दुगड ग्रुपको विवेक अटोमोबाइल्स प्रालिले रोयल इनफिल्ड क्लासिक बाइकको नयाँ मोडल बजारमा ल्याएको छ ।

प्रालिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन नयाँ मोडलको मोटरसाइकल बजारमा आएको जानकारी गराएको हो । खैरो रङमा सजिएको त्यस मोटरसाइकलको मूल्य ५ लाख १५ हजार तोकिएको छ ।

नेपाली युवाहरुको सपनालाई पूरा गर्न यो नयाँ मोडलको मोटरसाइकल बजारमा ल्याइएको र यसको मूल्य चालू आर्थिक वर्ष सम्पन्न भएसँगै केही बढ्ने विवेक अटोमोवाईल्स प्रालिका प्रमुख विवेक दुगडले जानकारी गराए ।

कम्पनीले आजैबाट देशका विभिन्न भागमा रहेका १९ वटा शाखामार्फत् त्यस मोडलका मोटरसाइकलको बिक्री वितरण खुला गरिएको पनि जनाएको छ । अत्याधुनिक प्रविधियुक्त भनिएको यो मोटरसाइकल सुरक्षित र भरपर्दो हुने कम्पनीको दाबी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७