सलमानले विहे नगर्नुको खुल्यो रहस्य, मुख्य कारण आफ्नै भाइ


२१ जेष्ठ २०७६, मंगलवार
AC 20 Salman

काठमाडौं, २१ जेठ । बलिउड स्टार सलमान खानको विवाह सबैको चासोको विषय बन्ने गरेको छ । हरेकजसो उनलाई लिइने अन्तरवार्तामा उनको विवाह योजनालाई लिएर प्रश्न गर्ने गरिन्छ । तर हालै सलमानले दिएको एक अन्तरवार्ताले भने आम दर्शकको यो चासोलाई निराशामा परिणत गरिदिने छ ।

सलमानले हालै टाइम्स अफ इण्डियालाई दिएको एक अन्तरवार्तामा उनले विवाह भन्ने शब्दमाथि विश्वास नलाग्ने बताएका छन् । उनका अनुसार विवाह सकिँदै गएको एक परम्परा हो । सरमानले आफूलाई विवाहको चाहना र चासो नलाग्ने गरेको बताएका छन् ।

वैवाहिक सम्वन्धमा विश्वास नभएकै कारण अचेल मित्रताको सम्वन्धमा समेत शंका लाग्ने गरेको उनले बताए । अर्को एक प्रसङ्गमा सलमानले आफूलाई वैवाहिक सम्वन्धमा चासो नभए पनि बच्चा सारै मनपर्ने बताएका छन् ।

उनले यस अगाडि पनि एक अन्तरवार्तामा भनेका थिए, ‘कि मलाई बच्चा मन पर्छ तर, जरुरी छैन उसको आमा मेरो श्रीमती हुनपर्छ ।’ खवर अनुसार सेरोगेसी अर्थात कोख भाडामा लिएर सलमानले बच्चा अपनाउँदै छन् । जुन भारतमा बैध मानिन्छ ।

प्रेमिका ऐश्वर्या राय र कैट्रिना कैफसँगको सम्वन्ध टुटेपछि एक्लो रहेका सलमानले भाइ अरबाज खान र बुहारी मलाइका अरोराको विवाह र सम्वन्ध बिछोड र त्यसपछि उत्पन्न विवादलाई नजिकबाट नियालेका कारण पनि विवाहलाई लिएर बितृष्णा जागेको हुनसक्ने भारतीय सञ्चार माध्यमले अनुमान गरेका छन् ।

यतिखेर सलमान अली अब्बास जफरको निर्देशनमा बनेको फिल्म ‘भारत’ को प्रचारप्रसारमा जोडतोडका साथ लागिपरेका छन् । फिल्म ५ जुनबाट रिलिज हुँदैछ । फिल्ममा उनको अपोजिटमा कैट्रिना कैफ रहेकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७