‘रोनाल्डो अझै विश्वको उत्कृष्ट खेलाडी’


२२ जेष्ठ २०७६, बुधबार
nani ronaldo

काठमाडौं, २२ जेठ (एजेन्सी) । पोर्चुगल तथा म्यानचेस्टर युनाइटेडका पुर्व खेलाडी नानीले क्रिस्टियानो रोनाल्डो अझै विश्वको उत्कृष्ट खेलाडी रहेको बताएका छन् । यस सिजन उत्कृष्ट प्रर्दशन गर्न नसकेका रोनाल्डोले पोर्चुगलका पूर्व सहयात्री नानीले यो सिजन सोचेजस्तो प्रदर्शन गर्न नसकेपनि उनी अझै पनि विश्वको उत्कृष्ट खेलाडी रहेको बताएका हुन् ।

यसै सिजन स्पेनिस क्लब रियल म्याड्रिडबाट इटालियन जाइन्ट युभेन्टस पुगेका रोनाल्डोले पहिलो सिजन सोचेजस्तो खेल प्रदर्शन गर्न सकेको थिएनन् । रोनाल्डोले यो सिजन युभेन्टसबाट ४३ खेलमा मात्रै २८ गोल सफल भएका थिए ।

यो पाँचपटकको बालोन डि’ओर विजेता रोनाल्डोको सन् २००८ र ०९ को सिजनपछिको सबैभन्दा कम स्कोर हो । उनले त्यतिबेला म्यानचेस्टर युनाइटेडका लागि मात्रै २६ गोल गरेका थिए ।

एमएलएस क्लब ओरलान्डो सिटीका नानीले ओमिनी स्पोर्टसँग भने, ‘रोनाल्डो अझै पनि विश्वको उत्कृष्ट खेलाडी हो भन्नेमा कुनै शंका छैन । यो सिजन युभेन्टसमा कम स्कोर गरेपनि उनले युभेन्टसमा सफल सिजन बिताए । इटालीमा फरवार्डलाई खेल्न गाह्रो पक्कै छ । उनले यसपटक त्यही महसुस गरे । अर्को सिजन उनले धेरै गोल गर्नेछन् । म रोनाल्डोमा विश्वस्त छु ।’

लगातार आठौं सिजन सिरी ‘ए’ च्याम्पियन बनेको युभेन्टस च्याम्पियन्स लिगको क्वाटरफाइनलमा डच क्लब आयाक्ससँग पराजित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७