ग्लोबल आइएमई बैंकले वातावरणमैत्री सवारी खरिदमा सहुलियत कर्जा दिने


२२ जेष्ठ २०७६, बुधबार
globalime Bank

काठमाडौं, जेठ २२ । ग्लोबल आइएमई बैंकले विश्व वातावरण दिवशको अवसरमा विद्युतीय सवारी साधनका खरिदमा विशेष सहुलियत कर्जा उपलब्ध गराउने भएको छ।

बैंकका कामु कार्यकारी प्रमुख महेश शर्मा ढकालका अनुसार बैकले विश्व वातावरण दिवशको अवसरमा वातावरणमैत्री विद्युतीय सवारी साधनको खरिदमा वार्षिक ९।६ प्रतिशत व्याजदरमा सहुलियत कर्जा उपलब्ध गराउने बताए।

उनले विकास र वातावरणबीच सन्तुलन हुनसकेमात्र हामीले हासिल गर्ने उन्नति दिगो र मानव उपयोगी हुने बताए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७