यस्तो छ आज विदेशी मुद्राको विनिमय दर


२३ जेष्ठ २०७६, बिहीबार
exchange money

काठमाडौं, २३ जेठ । आज बिहीबार बहराइन दिनारको भाउ घटेको छ भने कोरियन वन केही पैसा बढेको छ । अरु विदेशी मुद्राको भाउ स्थिर छ ।

आज बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ५२ पैसा र बिक्रीदर १११ रुपैयाँ १२ पैसा तोकेको छ ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ४७ पैसा र बिक्रीदर २९ रुपैयाँ ६३ पैसा छ । आज कतारी रियाल केही घटेको छ । कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २३ पैसा र बिक्रीदर ३० रुपैयाँ ३९ पैसा तोकिएको छ । हिजो पनि खरिददर ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ५२ पैसा नै रहेको थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ०९ पैसा र बिक्रीदर ३० रुपैयाँ २५ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ०९ पैसा र बिक्रीदर ३० रुपैयाँ २५ पैसा नै रहेको थियो । मलेसियन रिंगिटको भाउ आज बिहीबार घटबढ भएको छैन । रिंगिट १ को खरिददर २६ रुपैयाँ ४७ पैसा र बिक्रीदर २६ रुपैयाँ ६२ पैसा छ । हिजो खरिददर २६ रुपैयाँ ४३ पैसा र बिक्रीदर २६ रुपैयाँ ५७ पैसा थियो ।

कोरियन वन बिहीबार केही पैसा बढेको छ । वन एक सयको खरिददर ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४२ पैसा रहेको छ । हिजो बुधबार खरिददरर ९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९ रुपैयाँ ३९ पैसा नै रहेको थियो ।

कुवेती दिनारको १ को खरिददर ३६३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ६३ पैसा तोकिएको छ । हिजो बुधबार पनि खरिददर ३६३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ६३ पैसा थियो ।

बहराइन दिनारको भाउ केही घटेको छ । बहराइन १ को खरिददर २९३ रुपैयाँ ११ पैसा र बिक्रीदर २९४ रुपैयाँ ७० पैसा छ । हिजो खरिददर २९३ रुपैयाँ २६ पैसा र बिक्रीदर २९४ रुपैयाँ ८५ पैसा थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७