अर्थमन्त्री ज्ञानेन्द्र कार्की सुनसरी ४ बाट निर्वाचित


२५ मंसिर २०७४, सोमबार
Gyanendra bahadur karki

धरान: नेपाली कांग्रेसका नेता एवम् अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी सुनसरी क्षेत्रनम्बर ४ बाट निर्वाचित भएका हुन् ।Gyanendra bahadur karki

कांग्रेसका कार्कीले ३२ हजार ३४७ मत पाएका छन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रमेश श्रेष्ठको पक्षमा २५ हजार ७५० मत छ ।

कार्की र श्रेष्ठबीचको मतान्तर ६ हजार ५९७ छ । तेस्रो स्थानमा रहेका राजपा उम्मेदवार रामनारायण यादवले ५ हजार २० मत पाएका छन् ।
यसअधि भोजपुरमा २०५१, २०५६ र २०६४ सालको निर्वाचनमा लगातार पराजित भएका कार्कीले यो वर्ष सुनसरीमा क्षेत्र ४ बाट विजय भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७