अब विद्युतीय स्कुटर पनि दर्ता गर्नुपर्ने, कहिलेसम्म गरिसक्नु पर्छ दर्ता ?


२३ जेष्ठ २०७६, बिहीबार
electric scooter

काठमाडौं, २३ । के तपाई विद्युतीय स्कुटर चलाई रहनु भएको छ ? अनि दर्ता गर्नु भएको छ कि छैन । यदि छैन भने तत्काल दर्ता गर्नुहोस् । अब बिना दर्ता विद्युतीय स्कुटर चलाउन नपाइने भएको छ ।

यातायात व्यवस्था विभागले दर्ता नगरी चलाएमा विद्युतीय स्कुटरहरुलाई कार्बाही गर्न ट्राफिक प्रहरी निर्देशनालयलाई पत्राचार गरेको छ । यसअघि विद्युतीय स्कुटर दर्ता गराएर चलाउनु पर्ने नियम थिएन । विभागले १५ दिनभित्र स्कुटर दर्ता गर्ने समयसीमा दिएको छ ।

police 1

ट्राफिक प्रहरी निर्देशनालयका एसएसपी बसन्त पन्तले विभागमा विद्युतीय स्कुटर दर्ता गरेपछि अन्य सवारीलाई विल बुक दिने र नम्बर पनि प्रदान गर्ने बताए । उनले विभागले दिएको समयसिमा सकिएपछि मोटरसाइकल र अन्य सवारीजस्तै ट्राफिकले विद्युतीय स्कुटरको पनि कागजपत्र चेक गर्ने बताए । उनले भने, ’समयमै दर्ता गरेर कागजपत्र लिन हामीले प्रचारप्रसार गर्दैछौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७