माओवादी नेता पोखरेलको महोत्तरी १ मा ह्याट्रिक


२५ मंसिर २०७४, सोमबार
girijamani
gjlgo’Qm :jf:Yo dGqL lul//fhdl0f kf]v/]n :jf:Yo dGqfnodf a’waf/ kbaxfnL kl5 ;~rf/sdL{x?;Fu ;+lIfKt s’/fsfgL ug'{x’Fb} . tl:a/ M /Tg >]i7, /f;; .

बर्दिवास: माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल महोत्तरी क्षेत्रनम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । यो जितसँगै उनले लगातार तीनवटा चुनावमा जित्दै ह्याट्रिक गरेका छन् ।

girijamani

प्रतिनिधिसभा चुनावमा उनी २३ हजार ७७६ मत ल्याउँदै विजयी भएका छन् । उनले संघीय समाजवादी फोरमका लक्ष्मी महतोलाई ४२८४ मत अन्तरले पराजित गरे । पोखरेलका निकटतम प्रतिस्पर्धी महतोको पक्षमा १९ हजार ४९२ मत परेको छ ।

हालका विनाविभागीय मन्त्री समेत रहेका पोखरेल यसअघि पहिलो संविधानसभा ०६४ र दोस्रो संविधानसभा ०७० मा पनि निर्वाचित भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७