मान्छे कुट्दै हिंड्ने ‘नक्कली’ इस्पेक्टर पक्राउ, सई फरार


२४ जेष्ठ २०७६, शुक्रबार
Saugat Luitel

काठमाडौं, २४ जेठ । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्सपेक्ट) हुँ भन्दै धाकधम्की दिंदै मान्छे कुट्दै हिंड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे नमोबुद्व नगरपालिका–१ घर भई हाल काठमाडौं जडिबुटी बस्ने वर्ष २० को सौगात लुईटेल रहेका छन् ।

लुईटेलसँगै प्रहरीको सई भन्दै स्थानीयलाई धम्क्याउँदै हिंड्ने योहुना घलेमगर भने फरार छन् । लुईटेललाई बिहीबार पेप्सीकोलाबाट पक्राउ गरेको र घलेमगरको खोजी कार्य जारी रहेको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

वृत्तका प्रमुख डीएसपी गोविन्दराज काफ्लेका अनुसार उनीहरुले जेठ २१ गते सडक पेटीमा हिंड्दै गरेका बलबहादुर सार्कीलाई हामी प्रहरीको इन्सपेक्टर र सई हौं भन्दै चेकजाँच गर्ने बहानामा लछारपछार बनाएर कुटपिट गरी अभद्र व्यवहार गरेका थिए ।

कुटपिटका क्रममा सार्कीको मोबाइल समेत हराएको थियो । डिएसपी काफ्लेका अनुसार उनीहरुले स्थानीयलाई प्रहरी हुँ भन्दै धम्क्याउँदै हिंड्ने गरेको पाइएको छ । यसअघि पनि ठगीका विभिन्न घटनामा उनीहरुको संलग्नता रहेको छ । पक्राउ परेका लुईटेलमाथि अभद्र व्यवहार मुद्दामा म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७