सल्यानमा वागीलाई पाखा लगाउँदै, वाम गठबन्धनको ‘क्लिन स्वीप’


२५ मंसिर २०७४, सोमबार
टेकबहादुर बस्नेत

काठमाडौं: वागी उम्मेदवारको चुनौती चिर्दै सल्यानमा वाम गठबन्धनका आधिकारिक उम्मेदवारहरुले प्रतिनिधि र प्रदेशसभाका तीनवटै सिट जित्दै ‘क्लिन स्वीप’ गरेका छन् ।टेकबहादुर बस्नेत

माओवादी केन्द्रका नेता एवम् विनाविभागीय मन्त्री टेकबहादुर बस्नेत सल्यानबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी ४० हजार ८९७ मतसहित निर्वाचित भएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिए ।
बस्नेतका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजेन्द्रबहादुर शाहले २५ हजार ७५२ मत पाए ।   पहिलो र दोस्रो संविधानसभामा पनि विजयी बस्नेतले प्रतिनिधिसभाको चुनावसमेत जित्दै ह्याट्रिक पूरा गरे ।

प्रकाश ज्वाला र गुलाबजंग शाह पनि विजयी

प्रदेशसभामा पनि वाम गठबन्धनकै उम्मेवारहरु विजयी भएका छन् ।प्रदेशसभा ‘ख’मा एमाले नेता प्रकाश ज्वाला निर्वाचित भएका छन् । ज्वालाले १९ हजार ८३६ मत पाए । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डिल्लीराज रेग्मीले ११ हजार ६३० मत पाएका छन् ।
प्रदेशसभा ‘क’मा एमालेका गुलाबजंग शाह १९ हजार ६५८ मतसहित आइतबारै विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका एकराज डाँगीले १० हजार ६१२ मत पाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७