पाँचथर हत्याकाण्डका मुख्य अभियुक्त पक्राउ


२४ जेष्ठ २०७६, शुक्रबार
Panchthar Shital Yonghang Hatyara

पाँचथर, २३ जेठ । पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्वर– ४ पञ्चमीस्थित कार्तिके बस्ने १५ वर्षीया किशोरी शितल योङहाङको मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ । पाँचथर फाल्गुनन्द गाउँपालिका वडा नम्बर–२ पात्ले भन्ज्याङ बस्ने पदम तामाङ स्याङ्बोलाई प्रहरीले झापाको दमकबाट पक्राउ गरेको हो ।

स्याङ्बोलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको संयुक्त ब्युरो टोलीले खोज तलास गर्ने क्रममा झापाको दमक स्थित एक होटलमा लुकीछिपी बसेको अवस्थामा फेला पारेको थियो ।

स्याङ्बोलाई जेठ १९ गते पक्राउ गरी पाँचथर अदालतबाट कर्तब्य ज्यान मुद्दा अन्तर्गत म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भगिरथ बास्तोला भने घटना भएको भोलिपल्टै पक्राउ परेका थिए । रातको साढे सात बजेको समयमा घाँटी रेटेर हत्या गरी उनीहरु फरार भएका थिए ।

सिद्धमावि पंचमीमा कक्षा १० मा अध्ययनरत शितलको घाँटी रेटेर हत्या गरेको अवस्थामा गत वैशाख २९ गते घरनजिककै खोल्सामा शव फेला परेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७