संविधान विरोधी लोक सेवाको विज्ञापन तत्काल सच्याइयोस् : किरात राई यायोक्खा


२४ जेष्ठ २०७६, शुक्रबार
Kirat rai yayokha yayokha

काठमाडौं, २३ जेठ । किरात राईहरु समुदायको सामाजिक तथा जातीय संस्था ‘किरात राई यायोक्खा’ले लोक सेवा आयोगले निकालेको विज्ञापन संविधान विरोधी भएको बताएका छन् । यायोक्खाका महासचिव जनक राईले प्रेस विज्ञप्ती जारी गरी लोक सेवाले २०७६ जेठ १५ गते निकालेको विज्ञापन संविधान व्यवस्था गरेको संमावेशी सिद्धान्त विपरित भएको भन्दै तत्काल सच्याउन माग गरेको हो ।

यायोख्खाले आदिवासी जनजाति, मधेसी, दलित, पिछडिएको क्षेत्रको लािग गरिएको व्यवस्था विपरित आयोगको विज्ञापनप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको र उक्त विज्ञापन अबिलम्ब सच्याउन माग गरेको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘लोक सेवा आयोगको इतिहासमै एकैपटक यति ठुलो संख्यामा कर्मचारी पदपूर्तिको लागि विज्ञापन आव्हान गर्दा यो देशको विविधतालाई लत्याउदै संविधानले व्यवस्था गरेको समानुपातिक र समावेशिता (महिला, आदिवासी जनजाति, मधेसी, मुस्लिम, पिछडा वर्ग क्षेत्र) विरोधी उक्त विज्ञापनको घोर विरोध गर्दै विज्ञापन अबिलम्ब खारेज गरी समानुपातिक समावेशी सिद्धान्त बमोजिम पुनः विज्ञापन आव्हान गर्न सरोकारवाला निकायसँग जोडदार माग गर्दछ ।’

यायोख्खाले जनताको त्यागपूर्ण संघर्ष र आन्दोलनबाट प्राप्त भएको उपलब्धिलाई नामेट गर्ने तथा विभेदलाई कायम राख्ने विज्ञापन नसच्याइए घुमाउरो भाषामा आन्दोलन गर्ने चेतावनी दिएको छ । ‘संविधान र कानुनको अपव्याख्या गर्दै जनताको त्यागपूर्ण संघर्ष र आन्दोलनबाट प्राप्त भएको उपलब्धिलाई नामेट गर्ने गरी गरिएको यस्तो हर्कतलाई नसच्याई विभेदलाई कायम राख्दै विज्ञापन नसच्याइए त्यसबाट आउने परिणामको जिम्मेवारी स्वयम् सरोकारवाला निकायको रहनेछ ’ विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७