संविधान विपरीत निकालिएको लोकसेवाको विज्ञापन रोक्नुपर्छ : जनार्दन शर्मा


२४ जेष्ठ २०७६, शुक्रबार
Janardan Sharma जनार्दन शर्मा Prabhakar is a Nepalese politician belonging to the Communist Party of Nepal

काठमाडौं, २४ जेठ । सत्तारुढ नेकपाका नेता तथा सांसद जनार्दन शर्माले लोक सेवा आयोगको विज्ञापन संविधान विपरीत निकालिएको बताएका छन् । शुक्रबार बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पूर्वगृहमन्त्री समेत रहेका शर्माले आयोगको विज्ञापनले संविधानको मर्म र भावना मिचेको बताएका हुन् ।

उनले भने, ‘संविधानमाथि नै प्रहार भयो । यसो भन्दा निर्णय गर्नेहरुको चित्त दुख्ला ।’
उनले तत्काल उक्त विज्ञापन स्थगित गर्न समितिले निर्देशन दिनुपर्ने बताए । लोक सेवा आयोगको विज्ञापन असंवैधानिक भएको भन्दै देशभरि नै विरोध भइरहेको बेला सत्तारुढ दलका प्रभावशाली नेताले समेत विरोध गर्नु अर्थपूर्ण रहेको छ ।

संविधान मिच्दै अगाडि बढ्दा त्यसले देशमा अराजकता सिर्जना गर्ने नेता शर्माले बताए । उनले भने, ‘संवैधानिक आयोगकै विरोधमा आन्दोलन हुन थाल्यो, यही हो संविधानको अराजकता । यसले राष्ट्रलाई संकटमा पार्छ ।’

आयोगले स्थानीय तहमा आवश्यक पर्ने कर्मचारीका लागि एकैचोटि ९ हजार भन्दा बढी कर्मचारीको विज्ञापन गरेको थियो । तर विज्ञान प्रकाशित हुनासाथ विरोध सुरु भएको थियो ।
लोक सेवा आयोगले आदिवासी जनजाति, मधेसी, दलित, अल्पसंख्यक तथा पिछडिएको क्षेत्रको कोटा घटाएर विज्ञापन गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७