केन्द्रिय समितिमा २१५ जना रहने गरी नेकपाको युवा संगठनको विधान तयार


२४ जेष्ठ २०७६, शुक्रबार
yuba sangatha

काठमाडौं, २४ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संस्था युवा संगठनको २१५ केन्द्रिय कमिटी रहने गरी विधान तयार भएको छ ।

संगठनको एकता अगाडि बनेको विधान मस्यौदा उपसमितिले संगठनका संयोजक रामप्रसाद सापकोटा (दिपशिखा) र सह–संयोजक रमेश पौडेलले विधानको मस्यौदा पेसिडाँडामा हस्तान्तरण गरेका छन् ।

युवा संघको केन्द्रिय समितिमा २५१ सदस्यीय रहने प्रस्ताव विधानको मस्यौदामा उल्लेख गरिएको मस्यौदा समितिका सुवोधराज शोर्पालीले जानकारी गराएका छन् । विधानले केन्द्रिय समिति मातहत रहने प्रदेश, जिल्ला र स्थानीय तहका समितिहरुको संरचना र संख्या समेत विधाना किटान गरिएको छ ।

संगठन एकताअघि बनेको विधान मस्यौदा उपसमितिमा सुवोधराज शेर्पाली, नरेशकुमार शाही, ज्ञानेन्द्र बहादुर गुरुङ्ग, वचनबहादुर सिंह र रमेश आचार्य थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७