सर्वोच्चको आदेशपछि ज्ञानेन्द्र शाही छुटे


२४ जेष्ठ २०७६, शुक्रबार
gyanendra shahi
फाइल फोटो

काठमाडौं, २४ जेठ । पत्रकारहरुलाई गालीगलौज गर्दै अन्तरवार्ता दिएको आरोपमा पक्राउ परेका भ्रष्टाचार सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही सर्वोच्च अदालतको आदेशपछि आज छुटेका छन् ।

शाहीलाई गैरकानूनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुयालको संयुक्त इजलासले शुक्रबार रिहा गर्न आदेश दिएको हो ।
शाहीलाई जेठ १५ गते प्रहरीले सुर्खेतको खुल्लामञ्चबाट प्रहरीले पक्रेको थियो ।

शाहीको पक्षमा बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेलगायतले बहस गरेका थिए । भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिंदै आएका शाहीलाई उनको आवाज दबाउन झुटो मुद्दामा फँसाइएको भन्दै त्यसविरुद्ध नागरिक समाज आन्दोलित हुँदै आएको थियो ।

शाहीलाई पक्राउ पूर्जी विनै पक्राउ गरेर हिरासतमा चरम यातना दिइएको भन्दै प्रहरीको चर्को आलोचना भएको छ । तर प्रहरीले भने हिरासतमा राखेर यातना दिएको कुरा अस्विकार गर्दै आएको छ ।

गएको वैशाख १८ गते आफ्नो पत्रकार सम्मेलनमा नआएको भन्दै सुर्खेत र कर्णालीका पत्रकारलाई गालीगलौज गर्दै शाहीले भिडियो पोष्ट गरेका थिए । शाहीविरुद्ध सोही दिन नेपाल पत्रकार महासंघ सुर्खेत शाखा र कर्णाली प्रदेश समितिले प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीको जाहेरीका आधारमा जिल्ला अदालत सुर्खेतले बैशाख १९ गते पक्राउका लागि वारेन्ट जारी गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७