प्रधानमन्त्री रोजगार कार्यक्रम : पहिलो चरणमा सात सयलाई रोजगारी

प्रधानमन्त्रीले भने, ‘सरकारले घरैमा गएर रोजगारी दिन्छ’


२४ जेष्ठ २०७६, शुक्रबार
pm rojgari

काठमाडौं, २४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ‘प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरेका छन् । सूर्यविनायकबाट कटुञ्जे–तीनधारा सडक निर्माण शुरु गरेर प्रधानमन्त्री ओलीले रोजगार कार्यक्रम शुरु गरेका छन् ।

भक्तपुरमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले अब सरकारले बेरोजगारलाई घरैमा पुगेर रोजगारी दिने आश्वासन दिएका छन् ।

pm rojgari photo

प्रधानमन्त्री ओलीले ४० लाख नेपाली युवालाई आफ्नो नेतृत्वको सरकारले विदेश नपठाएको भन्दै उनीहरुलाई स्वदेशमै रोजगारी दिने वातावरण बनाइरहेको दावी गरे । सरकारले भ्रष्टाचार नगरिकन काम गरिरहेको दाबी गर्दै काममा मात्र विश्वास गर्ने प्रधानमन्त्री ओलीले बताए । उनले यसअघिको सरकारले राम्रो काम नगरेको र अहिलेको सरकारले राम्रो कामहरुको शुरुवात गर्दा विपक्षीले विरोध र डाह गरिरहेको समेत उनले बताए ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले भने अनुसार पाँच लाख युवालाई जसरी पनि रोजगारी दिने दाबी गरे । उनले अहिले भक्तपुरमा ७ सय जनालाई आंशिक रुपमा रोजगारी दिइएको बताएका छन् । भक्तपुरका चार वटै नगरपालिकाको संयुक्त आयोजनामा ‘कामका लागि पारिश्रमिक’ मा आधारित सामुदायिक आयोजना कार्यान्वयनको बिहीबार शुभारम्भ भएको हो ।

कार्यक्रमका लागि भक्तपुरका चार वटै नगरपालिकामा दुई करोड ४६ लाख रुपैयाँ छुट्याएको छ । सूर्यविनायक नगरपालिकाबाट ४ सय, चाँगुनारायण नगरपालिकाबाट ९ सय १० र मध्यपुर थिमि नगरपालिकाबाट ७६ जनाले रोजगारीका लागि आवेदन दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७