हिंसा भड्काउने प्रयास नगर्न विप्लव समूहलाई प्रधानमन्त्रीको चेतावनी

प्रधानमन्त्रीले कमल थापालाई दिए ‘मुर्ख’ को संज्ञा


२४ जेष्ठ २०७६, शुक्रबार
pm rojgari

काठमाडौं, २४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई प्रतिगमनतर्फ लैजाने चेष्टा नगर्न विप्लव समूहलाई चेतावनी दिएका छन् ।

उनले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई तथाकथित क्रान्तिको नाममा हिंसा भड्काउने प्रयास नगर्न पनि चेतावनी दिएका छन् । प्रधानमन्त्री ओलीले सरकार मुलुकको शान्ति, सुरक्षा, सुशासन र विकासको काममा लागि परेको दावी गर्दै यसका लागि सरकारले जे गर्नुपर्छ त्यो गर्ने बताए ।

भक्तपुरमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले ओलीले राजतन्त्र फेरि चाहियो भन्नेहरुलाई मुर्खको संज्ञा समेत दिए । प्रधानमन्त्री ओलीले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति संकेत गर्दै २४० वर्ष शासन गरेर मुलुकलाई अन्धकारको युगमा धकेल्ने, गरीब बनाउने राजतन्त्र फेरि चाहियो भनेर मुर्ख अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै मुर्खको संज्ञा दिएका हुन् ।

उनले देश र जनतालाई माया गरेर इमान्दारिताका साथ राष्ट्र निर्माणको अभियानमा सहभागी हुन पनि सबैलाई आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले बेरोजगारी समस्या समाधानको बाटोमा सरकार लागि परेको पनि बताए।

प्रधानमन्त्री रोजगार कार्यक्रम’ बेरोजगारी समस्या समाधानका लागि नै शुरुवात गरिएको कार्यक्रम भएको प्रधानमन्त्री ओलीले बताएका छन् । प्रधानमन्त्री ओलीले ४० लाख युवाहरु वैदेशिक रोजगारमा रहेकाले उनीहरुलाई देशभित्रै रोजगारीको अवसर सृजना गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७