मनमैजु उसु क्वान टिम च्याम्पियन


२४ जेष्ठ २०७६, शुक्रबार
ussu

काठमाडौं, २४ चैत । मनमैजु उसु क्वानले दोश्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा आयोजित प्रतियोगितामा मनमैजुले ११ स्वर्ण, ४ रजत र ७ कांस्य जित्दै उपाधि उचालेको हो ।

नेपाल उसु महासंघको संयोजनामा त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको प्रतियोगितामा ८ स्वर्ण, ३ रजत र २ कांस्यसाथ शिअ उसु क्वान दोश्रो भए । तेश्रो स्थानको बुद्ध प्रकाश उसु क्वानले ६ स्वर्ण, १२ रजत र ६ कांस्य हात पा¥यो । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार जिते ।

थाउलोको पुरुषमा मनमैजुका अमरबहादुर पुलामी र महिलामा शिअकी सम्झना चौधरी उत्कृष्ट खेलाडी चुनिए । सान्सौंको पुरुषमा डोल्पा उसु क्वानका रोहित चौधरी र महिलामा मनमैजुकी नविना विक उत्कृष्ट खेलाडी बने । उत्कृष्ट चारैले ५ हजारका दरले नगद पुरस्कार पाए ।

विजेतालाई पूर्व युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाली, उसु महासंघका अध्यक्ष समेत रहेका राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, राखेपका कोषाध्यक्ष शैलेश कर्माचार्य, नेपाल ओलम्पिक कमिटीका सह–महासचिव राजीव श्रेष्ठ, उसु महासंघका महासचिव लाक्पा लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

चारदिने प्रतियोगितामा ३२ टिमका २ सय ८७ खेलाडीले विभिन्न ३५ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७