विश्वकप क्रिकेटमा बर्षा वाधक, पाकिस्तान र श्रीलंका अंक बाँड्न बाध्य


२५ जेष्ठ २०७६, शनिबार
cricket 1

काठमाडौं, २५ जेठ । एक दिवसीय विश्वकप क्रिकेटमा पाकिस्तान र श्रीलंकाबीचको खेल वर्षाले प्रभावित भएपछि अंक बाँडेका छन् ।

बेलायतमा जारी प्रतियोगिताअन्तर्गत गए रातिका लागि तय भएको खेल वर्षा कारण प्रभावित भएको हो । ब्रिस्टोलमा हुने भनिएको खेल वर्षाका कारण हुन नसकेपछि दुवै टोलीले एक–एक अंक बाँडेका छन् । प्रतियोगिता अन्तर्गत आज अफगानिस्तान र न्यूजिल्याण्ड भिड्ने छन् ।

जारी विश्वकपमा अफगानिस्तानले शुरुआती दुवै खेल हारेको छ भने न्यूजिल्याण्डले दुवै खेल जितेको छ । यी दुईको खेल टाउटनस्थित कुपर एशोसियसन काउन्टी मैदानमा नेपाली समयअनुसार साँझ सवा ६ बजे शुरु हुनेछ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७