मध्यराति एकल यात्री


२५ जेष्ठ २०७६, शनिबार
beauty 2552019073220

मध्येरातको समय थियो, एक जना युवती आफ्नो घर जानको लागि ट्याक्सी स्ट्यान्ड्मा पुगिन् । तर त्यहाँ कुनै ट्याक्सी थिएन । युवती एकदम डराइन् । घडीमा पनि रातको १२ः४७ बजेको थियो । सडकमा केवल भुस्याहा कुकुरहरू भुकिरहेका थिए । टिर्र टिर्र गर्दैं झ्याउकिरीहरू कराउँदै थिए ।

त्यतिकैमा युवतीको नजर उताबाट आइरहेको एउटा केटामा पर्‍यो । अध्याँरो भएकाले टाढाबाट त्यति राम्रा चिन्न सकिनन् । युवती झन् डराउन थालिन् । केटो युवतीको नजिक आइपुग्यो । घाँटीमा सिक्री, हातमा पनि सिक्री, खुट्टामा बुट, कान र आँखाको माथिल्लो भागमा रिङ् झुण्ड्याएको केटो हेर्दा त गुण्डा जस्तै देखिन्थ्यो ।

उसलाई देखेर युवती डरले थरथर काँपिन् । मनमा एउटै प्रश्न घरीघरी घुमिरहे, ‘लौ न, मलाई के पो गर्ने हो ?’ समस्यामा परे पनि गुहार माग्न नजिकमा अरु कोही थिएनन् ।

गुण्डा जस्तो युवक नजिक आएर भन्यो, ‘किन डराउनु भएको बहिनी ! ढुक्क होउ, म तिमीलाई केही गर्दिन् । अध्याँरोमा तिमीमाथि मौका छोप्न खोजेको होइन । तिमी एउटा नारी हौ । रातको समय युवतीहरुलाई त्यति राम्रो हुँदैंन । त्यसैले जबसम्म यहाँ ट्याक्सी आउँदैन, तबसम्म म तिम्रो अंगरक्षक भएर बस्छु ।’

केही बेरपछि त्यहाँ तीब्र गतिमा आएर एउटा ट्रक घचक्क रोकियो । ट्रक ड्राइभर मापसेले मातिएको थियो ।

‘ना ना ना नानी, क क कहाँ जाने हो, आउनुस् बस म पु पु पुर्‍याई दिन्छु ।’ केटीतर्फ हेर्दैं ट्रक ड्राइभरले जिव्रो लड्बडाउँदै भन्यो । ऊ रक्सीले डुङडुङ्ती गनाइरहेको थियो । त्यो युवकले पनि धेरै रात भएकाले अब ट्याक्सी आउँदैन, यसै ट्रकमा जाऊँ भनी युवतीलाई आग्रह गर्‍यो ।

युवती डराएको आवजमा थ्याङ्क यु भन्दैं ट्रकको क्याबिन सिट्मा बसिन् । अब ट्रक ड्राइभरले के गर्ने हो, उनीलाई थाहा थिएन । घरसम्म त जसरी नि पुग्नु पर्ने थियो । प्रचुर वर्षातका कारण घरमा फोन गर्नलाई नेटवर्क पनि थिएन । यता गुण्डा जस्तो देखिने युवक भने विपरीत दिशातिर जानु परेकोले कुनै सवारी साधन नआएसम्म पर्खनु पर्ने भयो ।

ट्रक आफ्नो गतिमा गुडिरह्यो । ड्राइभरले युवतीतर्फ आँखा पुलुक–पुलुक पार्दै हेर्‍यो । विचरी युवती डराएर बसिरहेकी थिइन् । ड्राइभर मोरोले केही गर्‍यो भने ह्यान्ड् ब्यागले हिर्काएर भाग्ने आँट गरिन् । ड्राइभरले मन्द बोलीमा ओठ लडबडाउँदैं भन्यो, ‘हेर्नुस् नानी, ती ती ती तिमी त मेरो बहिनी जस्तै हौं, डराउनु प प प पर्दैंन । रातको समयमा एक जना मात्र के के के केटी ट्याक्सी स्ट्यान्ड्मा देखेर मैले ट्रक रोकेको हो, कि कि कि किनकी आजकाल जमना एकदम खराब छ ।’

केही समयपछि ट्रक केटीको घर एरियामा आएर रोकियो । युवतीले ड्राइभरलाई ह्यान्ड् ब्यागबाट बेरिएको ५०० रुपैंयाँ निकालेर भाडा तिर्न खोजिन् । तर ड्राइभरले भाडा लिन मानेन । बरु रातमा एक्लै यात्रा कहिल्यै नगर्नु भनेर युवतीलाई सम्झायो । युवतीले पनि धन्यवाद दाइ, तपाई पनि जाँड रक्सी धेरै नपिउनु भन्दै ट्रकको क्याबिनबाट तल बुर्लुक्क ओर्लिइन् ।

त्यहाँबाट घरसम्म पुग्न गल्लीको बाटो हिँडेर जानु पर्दथ्यो । स्ट्रिट लाइट नभएकाले गल्ली अँध्यारो थियो । उताबाट एक जना बसको खलासी चुरोट तान्दैं मोबाइलको टर्च बालेर आइरहेको थियो । केटी फेरि पनि डराइन्, किनकी रातको समयमा एक्ली युवती कहाँ र कतिखेर के हुन्छ भन्न सकिन्न थियो ।

‘यस्तो अध्याँरो र हिलम्मे बाटोमा एक्लै कहाँसम्म जान लागेको दि ? जाऊँ, म पु¥याई दिन्छु डराउन पर्दैंन ।’ खलासीले युवतीलाई टर्च बालेर युवतीकै घरसम्म पु¥याएर फर्कियो ।
रातको समयमा एउटा युवती सुरक्षाका साथ घरसम्म पुग्न सफल भएकोमा युवतीको परिवारहरू खुशी थिए ।

हो……! मेरो देश नेपाललाई पनि यस्तै प्रकारको पुरुषहरुको खाँचो छ ।
जुन दिन हाम्रा देशमा यस्तो प्रकारको भावना र सोच भएको युवाहरुमा जन्मन्छन्, त्यसै दिनदेखि नै हाम्रो मातृभूमि नेपालमा बलात्कार हुन बन्द हुन्छ ।
कथाकार दावातेन्पा शेर्पा
काठमाडौं (दक्षिण हाल कोरिया)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७