पुलिसले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि


२५ जेष्ठ २०७६, शनिबार
7 2

काठमाडौं, २५ जेठ । नेपाल पुलिस क्लवले तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

शनिवार फाईनल खेलमा त्रिभुवन आर्मीलाई ४ विकेटले पराजित गर्दै पुलिस च्याम्पिन बनेको हो । यो सँगै पुलिसले २० लाख प्राप्त गरेको छ । उप विजेता बनेको आर्मीले १० लाख नगदमा चित्त बुझायो ।त्रिवि त्रिकेट मैदानमा आर्मीले दिएको १२६ रनको लक्ष्य पुलिसले ४०.३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।

मात्र दुई रन जोड्दा पहिलो विकेट गुमाएको उसको पारी सुनिल धमला र अमित श्रेष्ठले सम्हाले । श्रेष्ठ व्यक्तिगत ४४ रनमा आउट भए, जतिबेला टिमको स्कोर ५४ रन थियो ।

आरिफ शेख ६, पवन शरार्फ १, दिपेन्द्र सिंह ऐरी ७ र कुशल भुर्तेल ६ रनमा आउट भए । तर, एउटा एण्ड सम्हालेका ओपनर धमला ४२ रनमा अविजित रहे । मंजित श्रेष्ठ ११ रनमा नटआउट रहे ।

करण केसीले ३ र शाहब आलमले २ पिकेट लिएपनि टिमको हार गर्न सकेनन् ।

यसअघि पहिले ब्याटिङ गरेको आर्मीले राम्रो सुरुवात गरेको थियो । ओपनर राजु रिजाल र सोमपाल कामीले पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरको गिए । तर, दुबै आउट भएपछि आर्मी धिराशाही भयो र ३३.३ ओभरमा सबै विकेट गुमाएर १२५ रन मात्र बनाउ सक्यो । भीम सार्कीले २० र रोहितकुमार पौडेलले १८ रन बनाए भने अन्यले दोहोरो अंक समेत छुन सकेनन् ।

आर्मीलाई सस्तैमा समेट्ने क्रममा ललितनारायण राजवंशी र शवन शरार्फले समान ४-४ विकेट लिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७