बंगलादेशविरुद्ध रोयको आक्रामक शतकमा इंग्ल्यान्डको कीर्तिमानी स्कोर


२५ जेष्ठ २०७६, शनिबार
ENG vs BAn icc wc7471

काठमाडौं,२५ जेठ । विश्व कप क्रिकेटमा घरेलु टिम इंग्ल्याण्डले शनिबार बंगलादेशविरुद्ध कीर्तिमानी स्कोर बनाएको छ ।
कार्डिफमा जारी खेलमा इंग्ल्याण्डले ६ विकेटमा ३८६ रनको विशाल स्कोर बनाएको हो । पहिलो विश्व कपबाटै सहभागिता जनाएको क्रिकेटको जननी मानिने इंग्ल्याण्डको यो विश्व कपमा सबैभन्दा उच्च स्कोर हो । यसअिघ २०११ मा बंगलोरमा भारतविरुद्ध बनाएको ३३८ रन नै उसको उच्च स्कोर थियो ।

इंग्ल्याण्डको कीर्तिमानी स्कोरमा ओपनर जेसन रोयले विष्फोटक ब्याटिंग गरे । उनले १२१ बलमा १५३ रन बनाए । यस्तै जोस बटलरले ६४ रनको योगदान दिए भने अर्का ओपनर जोनी बेयरस्टोले ५१ रन बनाए ।

दुई मध्ये एक खेलमा पराजित भएको इंग्ल्याण्ड यो खेलमा जित हात पारेर शीर्ष चारमा आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्न चाहन्छ । दक्षिण अफ्रिकालाई पराजित गरेर सनसनी मच्चाएको बंगलादेशको यो दोस्रो खेल हो । यो खेल पनि बंगलादेशले जिते उसको शीर्ष चारमा पर्ने सम्भावना बढ्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७