बेलायती महारानीबाट दुई गोर्खा सैनिक पुरस्कृत


२५ जेष्ठ २०७६, शनिबार
Elizabeth 2nd7440

काठमाडौं,२५ जेठ । बेलायती महारानी एलिजाबेथ द्वीतीयको जन्मोत्सवको अवसरमा दुई नेपाली पुरस्कृत बनेका छन् ।

एलिजाबेथको जन्म अप्रिल २१, १९२६ मा भएको हो । उनको जन्मदिन २१ अप्रिलमा पर्ने भए पनि आधिकारिक रुपमा त्यहाँको शाही परिवारले जुन महिनाको दोस्रो शनिबार भव्यरुपमा जन्मोत्सव मनाउने गरेको छ ।

शनिबार दरबारमा ठूलो परेडसहितको कार्यक्रम गरे जन्मदिन मनाइएको हो । जन्मदिनको अवसरमा बेलायतमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, सुरक्षा, मनोरञ्जनलगायत सबैजसो क्षेत्रका उत्कृष्ट व्यक्तिहरुलाई सम्मान दिने गरिन्छ ।

यस कार्यक्रममा नेपालका दुई युवाले पुरस्कृत हुने मौका पाएका छन् । पुरस्कृत हुनेमा एकजना गुर्खा राइफलका नेत्रबहादुर राना रहेका छन् । उनले खेलकुद तर्फबाट सो अवार्ड प्राप्त गरेका हुन् ।

त्यस्तै अर्का महेन्द्र कुमार लिम्बु रहेका छन् । लिम्बु गोर्खा ब्रिगेडका वेल्फर अफिसर हुन । उनले गोर्खा सैनिकका परिवारका लागि गरेको सेवाका कारण यो अवार्ड पाएका हुन् ।

दुबै जनाले एमबीई अवार्ड पाएका हुन् । एमबीई अवार्ड बेलायतको ठूलो अवार्डमध्ये तेस्रोमा पर्छ । मेम्बर अफ दि मोस्ट एक्सीलेन्ट अर्डर अफ दि ब्रिटिस एम्पाएर भनिने अवार्ड त्यहाँको सम्मानित अवार्ड हो । सन् २०१७ मा आफ्नो गीतका कारण संसारभर चर्चित भएका इद सिरिनले सो अवार्ड पाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७