ट्रमा सेन्टरमा बिरामी ठग्ने काइदा


२५ जेष्ठ २०७६, शनिबार
Untitled 1

काठमाडौं, २५ जेठ । देशको एकमात्र राष्ट्रिय गौरवको ट्रमा सेन्टरमा काज र करारका चिकित्सक बिरामीलाई ठगेर कमाउ धन्दामा संलग्न हुँदैआएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत सन्चालित ट्रमा सेन्टर २०७२ को महाभूकम्पपछि नियमित संचालनमा छ ।

तत्कालीन उपकुलपति डा.गणेश गुरुङले भर्ना गरेका डाक्टरका कारणले हाल सेन्टरको अवस्था धराशायी भएको हो भने विरामीको उपचारमा प्रयोग हुने मेडिकल औजारहरू किलाकाटा, पातापेच र औषधि तथा बेहोस गराउने औषधिमा आफूलाई कमिसन दिने कम्पनीको मात्र प्रयोग गर्ने बाध्य बनाउने र सो सामान बजार मूल्य भन्दा धेरै महङ्गो भएको कर्मचारी नै बताउँछन् । सो सामानको मूल्य विरामीलाई थाहा नै हँुदैन । अपरेशन गर्ने अघिल्लो दिन साँझमात्र हतार हतारमा जबर्जस्ती किन्न बाध्य पारिन्छ ।

अस्पतालको औषधि पसलमा सो सामान राख्न दिइँदैन । सो ठगीधन्दा चलाउनेमा डा. गौरवराज ढकाल, डा. नवीन पोखरेल हुन् । उनीहरूकै मिलेमतोमा ट्रमा सेन्टरमा बिरामी दिनडाहाडै ठगिन्छ । कोही बोल्न सक्दैनन् । निर्देशक डा. प्रमोद यादव पनि उनीहरुको ठगीधन्दादेखि आजित छन् । उनीहरुलाई मेडिकल माफियाको र ठूला राजनीतिक नेताको आशीर्वाद छ । अपरेशन साहयक र आइसियु, एनेस्थेसिया ऐसिस्टेट बनाउने तामिल भनेर इनलाइट भन्ने सँस्थाबाट बिद्यार्थी ल्याएर उनीहरूसँग प्रतिबिद्यार्थी ४ हजार प्रतिमहिना लिने गरेको र ट्रमा सेन्टरमा भने एक पैसा पनि बुझाउँदैनन् । हाल २४ महिनादेखि सो धन्दा चलिरहेको छ । ८औ ब्याचसम्म यो धन्दा चलेको छ । सो पैसा डा नवीन पोखरेल र डा गौरव ढकालले लिने गरेको ट्रमा स्रोत बताउँछ ।

वर्तमान उपकुलपति र ट्रमा निर्देशकले सो विषयमा कुरा उठाउँदा ती बिरामीमारा र ट्रमा सेन्टर डुवाउनेहरू निर्देशकको जागिरै खाइदिन्छु भन्दै धम्की दिन्छन् । भीसी र निर्देशकको मा आफूले गरिरहेको बिरामी ठग्ने धन्दा र नियमविपरित विद्यार्थीलाई ट्रमा सेन्टरमा तालिम गराउने काम रोकावट गर्न पाइँदैन भन्दै जुलुस निकाल्दै ठग्न पाउन पर्न माग गरिरहेका छन् । एक पुराना कर्मचारी भन्छन्, ट्रमामा ठूलो भष्टचार छ, महङ्गो सामान अस्पतालको औषधि पसलमा राख्न पाइन्न भने सो सामान सिन्धु सर्जिकल त्रिपुरेश्वरसँग मात्र लिनुपर्ने र मेडिटोनिक कम्पनीको मात्र प्रयोग गर्नुपर्ने माग ट्रमा सेन्टरको सो समूहको छ । सो सामान बजारमा अन्य कम्पनीको भन्दा चार गुणा बढी महङ्गो छ ।

सेन्टर डुवाएर भए पनि विद्यार्थीलाई तालिम दिन पाउनुपर्ने माग गर्छन् उनीहरु । डा. गौरव करारका डाक्टर हुन् । उनी ट्रमामा आएका बिरामीलाई बेड छैन भनी बाहिर रिफर गर्दे निजीमा पठाउँदै दिउँसो निजीमा गएर अपरेशन गरी बिरामीको शोषण गर्दैआएका छन् । स्वास्थ्य मन्त्रालयबाट स्पाइन (मेरुदण्ड)का बिरामीलाई दिइने १ लाख रूपैयाँको अनुदानमा पनि औषधि प्रयोग नभए पनि औषधि प्रयोग भयो भन्दै नक्कली बिल बनाएर मन्त्रालयसँग सो बराबरको पैसा लिएर ठगी गरिरहेको आरोप छ । एक बरिष्ठ चिकित्सक भन्छन्, स्वास्थ्य मन्त्रालय र अख्तियारले छानविन गर्ने हो भन्दै सबै दुधको दुध पानीको पानी थाहा हुन्छ । महालेखाको प्रतिवेदन २०७४–२०७५ ले पनि ट्रमा सेन्टरमा उपकरण खरिदमा भ्रष्टाचार भएको स्पप्ट भनेको छ ।

सर्तकता केन्द्रको प्रतिवेदन २०७५ ले पनि कमिसन खाएर उपकरण खरिद गरी प्रयोग नगर्ने गरेको भन्दै तत्कालीन निर्देशक डा प्रमोद उपाध्याय र भीसी डा गणेश गुरुङलाई कारबाहीको सिफारिश गरेको छ तर हालसम्म ती कसैलाई कुनै कारबाही भएको छैन । नयाँ निर्देशक आएपछि उनले बिगतमा भएको अनियमितता रोक्न खोज्दा यो समूहले अस्पताल सन्चालनमा असहयोग गरेको छ । कहिले आइसियु बन्द गर्दिने, कहिले भेन्टीलेटरको तार बिगार्ने, कहिले सिटी मेसिन बिगार्ने, बिरामीलाई सस्तोमा औषधि उपलब्ध गराउन टेन्डर गर्न खोज्दा आएर टेन्डर नगर्ने भन्दै निर्देशकलाई धम्काउने गरेको प्रशासनका एक कर्मचारी बताउँछन् ।

यो समूह रहेसम्म ट्रमा सेन्टर कहिलै उन्नति नहुने बताउँछन् । उनीहरु ट्रमालाई आफ्नो दुहनो गाई बनाइरहेका छन् । यो समूह नियमित अपरेशन नगरी इएचएस सेवामा मात्र बिरामीको अपरेशन गरी कमिशन लिने, महङ्गो सामान मात्र प्रयोग गर्ने, आफूनिकट सप्लायर्ससँग जो त्रिपुरेश्वरमा मात्र छ । त्यस कारण तिनलाई सम्बन्धित निकायले कारवाही गर्नुपर्ने कर्मचारी र चिकित्सकको माग छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७