अब बैंक कर्जाका लागि धाइरहन नपर्ने


२६ जेष्ठ २०७६, आईतवार
banking loan

काठमाडौं, २६ जेठ । के तपाई ऋण लिनका लागि बैंक धाउँदा–धाउँदा हैरान हुनु भयो ? तर, अब ऋण लिनका लागि बैंकमा हैरानी भोग्दै धाइरहनु नपर्ने भएको छ ।

अब कर्जा बजार डटकमले विभन्न बैंकहरुको एकैथलोबाट कर्जाबारे जानकारी गराउने भएको छ । ऋण लिन चाहनेले घरमै बसेर कर्जा बजार डटकम लगइन गरेर त्यहीबाट कुन बैंकमा सस्तो ऋण पाइन्छ भन्ने बारे जानकारी लिन सक्न छन् ।

व्यक्रिगत कर्जाका लागि नेपालमै पहिलो पटक टिजिटल बजारको रुपमा कर्जा बजारको शुरुवात भएको छ । कर्जाबजारबाट प्रयोगकर्ताहरुले बित्तीय संस्थाहरु बाट प्रदान गरिने विभिन्न खालका खुद्रा कर्जाहरु (घर, सवारी साधन, अचल सम्पत्ति कर्जा, क्रेडिट कार्ड आदि) का बारेमा व्याजदर, कार्यान्वयनका शर्तहरु, प्राप्त गर्नका लागि बैंकले तोकेका मापदण्ड आदिका बारेमा जानकारी पाउन सक्ने छन् ।

यसका साथै वेवसाईटमा व्यक्तिगत कर्जा र क्रेडिट कार्डको आवेदनका लागि थालिने प्रकृया समेतका बारेमा पनि हेर्न सक्ने छन् ।

तीन वटा बाणिज्य बैंकहरु (स्टान्डर्ड चार्टर बैंक, एन.एम.बि. बैंक, लक्ष्मी बैंक) र क्षेत्रीय विकास बैंक (सिन्धु विकास बैंक) ले कर्जा बजारसँग सम्झौता गरिसकेका छन । कर्जा बजारले ग्राहकलाई आकर्षण गर्न लागत प्रभावी र नविन माध्यमका रुपमा कार्य गर्ने हुँदा अझै बढि बैंक र बित्तीय संस्थाहरु पनि यसमा संलग्न हुने अपेक्षा गरिएको छ ।

प्रमुख सञ्चालन अधिकृत बिकल चौलागाइले अहिले चार वटा बैंक कर्जा बजारमा आबद्ध भए पनि अन्य बैंकहरु आबद्ध हुने प्रक्रियामा रहेको जानकारी दिएका छन् । उनका अनुसार प्रारम्भिक चरणको ऋणको प्रक्रियाका लागि कर्जा बजारमार्फत जान सकिनेछ । बाँकी प्रक्रिया बैंकमार्फत नै अघि बढ्ने छ ।

कर्जा बजारले व्यक्तिगत कर्जादारहरुको योग्यताको आंकलन गर्न सक्षम हुन भनि आफ्नै स्वामित्वमा क्रेडिट स्कोरिङ सूत्रको पनि बिकास गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७