धोनीको पन्जा काण्डको कथा


२६ जेष्ठ २०७६, आईतवार
Dhoni

एएफपी
लन्डन : विश्व क्रिकेटको नियमक निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले भारतका महेन्द्रसिंह धोनीलाई विश्वकपको विकेटकिपिङका क्रममा सैन्य प्रतीक चिन्ह भएको पन्जा प्रयोग गर्ने अनुमति नभएको जनाएको छ ।

बुधबार दक्षिण अफ्रिकाविरुद्धको जितका क्रममा धोनीले लगाएको हरियो रंगको पन्जामा विशेष लोगो प्रयोग भएको पाइएको थियो । आईसीसीले त्यसको विरोध गरेलगत्तै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बीसीसीआई० धोनीले प्रतिरक्षामा उत्रिएको छ ।

धोनी भारतीय सेनाको प्यारासुट रेजिमेन्टका मानार्थ लेफ्टिनेन्ट कर्नेल हुन् । बीसीसीआईले आईसीसीलाई पत्र लेखेर धोनीलाई उक्त पन्जा प्रयोग गर्न दिन अनुमति मागेको थियो । तर आईसीसीले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘पछिल्लो खेलमा धोनीले लगाएको विशेष लोगोसहितको विकेटकिपिङ पन्जा पुनः प्रयोगका लागि अनुमति छैन ।’

‘आईसीसीद्वारा आयोजित प्रतियोगिताका नियमअनुसार कुनै पनि व्यक्तिगत सन्देश वा लोगोलाई कुनै जर्सी वा अन्य उपकरणमा प्रयोग गर्ने अनुमति छैन,’ विज्ञप्तिमा भनिएको छ,‘विकेटकिपरको पन्जामा कुनै लोगो प्रयोग गर्न अनुमति दिँदा सम्बन्धित नियमको उल्लंघन हुनेछ ।’

विश्वकपका लागि आईसीसीको नियमअनुसार जर्सी वा अन्य सामानमा मात्र दुई निर्माता कम्पाीको पहिचान उल्लेख गर्न छुट छ । यसबाहेक पन्जामा कुनै प्रकारको राजनीतिक वा जातीय अर्थ दिने प्रस्तुति हुनुहुन्न ।

भारतीय सञ्चारमाध्यम र सामाजिक सन्जालमा अहिले यस प्रकरणले व्यापक चर्चा पाएको छ । जहाँ धोनीको पक्ष लिइएको छ । बीसीसीआईले आईसीसीलाई एक औपचारिक आग्रहसहितको जवाफ दिँदै धोनीले प्रयोग गरेको लोगोको प्रतिरक्षा गरेको छ । ‘यो लोगो अर्धसैनिक दस्ताको भएका कारण धोनीले आईसीसीको कुनै नियम उल्लंघन गरेका छैनन्,’ बीसीसीआईले जवाफमा भनेको छ ।

भारतका खेलमन्त्री किरेन रिजिजुले ‘खेलकुद निकाय’ को विवादलाई सरकारले हस्तक्षेप नगर्ने प्रस्ट पारेका छन् । ‘तर यो मुद्दा हाम्रो देशको भावनासँग जोडिएको छ र यस्तोमा राष्ट्रिय हित ध्यानमा राख्नुपर्छ । म बीसीसीआईलाई यस विषयमा उचित कदम लिन आग्रह गर्छु,’ उनलेट्वीट गरेका छन् । यस विषयमा भारतीय टिमबाट अहिलेसम्म औपचारिक टिप्पणी आएको छैन ।

बाँकी खेलमा पनि धोनीले यही पन्जाको प्रयोग गर्ने सम्भावना छ तर लोगोलाई टेपले छोपिने छ । मार्चमा अस्ट्रेलियाविरुद्धको एकदिवसीय खेलका क्रममा भारतीय टोलीले धोनीद्वारा वितरित मिलिटरी टोपी लगाएको थियो । जुन काश्मिर हमलामा मारिएका ४० सैनिकप्रति श्रद्धान्जलीको रूपमा थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७