पर्सा २ र ३ को प्रतिनिधिसभा संघीय फोरम नेपाल विजयी


२५ मंसिर २०७४, सोमबार
sanghiya samajbadi forum nepal

पर्सा: पर्सा क्षेत्र नं २ र ३ को प्रतिनिधिसभा सदस्य पदमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन् । sanghiya samajbadi forum nepal
क्षेत्र नं २ बाट फोरम नेपालका विमलप्रसाद श्रीवास्तव र क्षेत्र नं ३ बाट हरिनाराणप्रसाद साह रौनियार विजयी भएका हुन ।

श्रीवस्तवले २१ हजार १६९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अजयकुमार चौरसियाले १९ हजार ७०४ मत प्राप्त गरेको पर्साका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिए ।

क्षेत्र नं ३ मा फोरम नेपालकै रौनियारले १५ हजार १६८ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुरेन्द्रप्रसाद चौधरीले १३ हजार ८०१ मत प्राप्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७