सांग्रिला डेभलपमेन्ट बैंकको ‘बचत पनि बीमा पनि’ योजना, १६ लाखसम्मको बीमा


२७ जेष्ठ २०७६, सोमबार

काठमाडौं,२७ जेठ। सांग्रिला डेभलपमेन्ट बैंकले “बचत पनि बीमा पनि” नामको नयाँ बचत खाता संचालनमा ल्याएको छ ।

बैंकका अनुसार यस अन्तगर्तत जीवन सुरक्षा (सरल), जीवन सुरक्षा (रजत) तथा जीवन सुरक्षा (स्वर्णिम) गरी थप ३ वटा नयाँ बचत खाताहरु रहेका छन् । यसअन्तर्गत ती खाताहरु खोल्ने ग्राहककालागि १६ लाख रुपैयाँसम्मको बीमाको व्यवस्था गरिएको बैंकले जनाएको छ।

यसमा खाताको प्रकृति अनुसार दुर्घटना विमा, औषधि उपचार विमा तथा घातक रोगको उपचार वीमा सम्बन्धी सुविधाहरु रहेका छन् ।

पाँचहजार, १५ हजार र २५ हजार तिरेर खाता खोल्न सकिने तथा खातामा राखिएको मौज्दातमा मासिक ७ प्रतिशत ब्याज प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

यी खाता खोल्ने ग्राहकले लकर सुविधामा विषेश छुट, निशुल्क एबिबिएस सेवा तथा एटिएम भिसा कार्ड, मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गमा १ वर्षको लागि निशुल्क सुविधा प्राप्त गर्ने पनि बैंकले जारी गरेको छ।
सांग्रिला डेभलपमेन्ट बैंकले बैकिङ्ग सम्बन्धी विभिन्न सुविधाहरु अन्तर्गत ग्राहकहरुको सेवा अन्तर्गत ग्राहकहरुले बैंकको हाल संचालनमा रहेका ८५ वटै शाखाहरुबाट ग्राहकलाई नयां बचत खाता योजनाको थालनी गरेको बिज्ञप्तीमा उल्लेख छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७