सिरहा १ बाट नेपाली काँग्रेसका प्रदीप गिरि विजयी


२५ मंसिर २०७४, सोमबार
pradip giri

सिरहा: सिरहा क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका प्रदीप गिरि विजयी भएका छन् । गिरिले २३ हजार ९५१ मत प्राप्त गरी विजयी भएpradip giri

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका गंगाप्रसाद यादवले २१ हजार ३७१ मत प्राप्त गरे। यस्तै, क्षेत्र नं १ प्रदेश ‘ख’ मा नेकपा (एमाले)का अशोक यादव विजयी भएका छन् । उनले ११ हजार ११० मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी फोरम नेपालका राजु गुप्ताले १० हजार ६०८ मत प्राप्त गरे।

यसैगरी, क्षेत्र नं २ प्रदेश ‘ख’ मा नेकपा (एमाले)का मदनसेन प्रसाद श्रीवास्तवले ११ हजार ६९६ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका तपेश्वरी महतो कोइरीले सात हजार ३६ मत प्राप्त गरे।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७