अस्ट्रेलिया भ्रमण सकेर स्वदेश फर्किए सन्दीप


२८ जेष्ठ २०७६, मंगलवार
sandeep

काठमाडौं, २८ जेठ । नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने अस्ट्रेलिया भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका सन्दीपले आफ्नो अस्ट्रेलिया भ्रमण नेपाली क्रिकेटको विकासका लागि केन्द्रीत भएको बताएका छन् । उनले त्यहाँका तीन वटा क्रिकेट एकेडेमीसँग नेपाली युवा खेलाडीहरुलाई प्रशिक्षणको लागि कुरा गरेको जानकारी दिए ।

प्रशिक्षणका विषयमा अस्ट्रेलियाका एकेडेमीहरु सकारात्मक रहेको बताउँदै सन्दीपले त्यसका लागि थप पहल गर्नुपर्नेमा जोड दिए । नेपालीमा हालै भएको प्रधानमन्त्री कप क्रिकेट नखेलेको भन्दै चर्को आलोचना खेपेका सन्दीपले यस विषयमा पनि जवाफ दिँदै एक दिवसीय मान्यता पाएको देशको राष्ट्रिय प्रतियोगिता कतै म्याट त कतै पिचमा गराउँदै स्तर नपुग्ने बताए ।

फ्रेन्चाइज लिगबाट रेस्ट लिन नेपाल आएको र आफूले केही समय घर परिवारलाई दिएको प्रष्ट पार्दै सबैभन्दा पहिलो कुरा स्वास्थ्यलाई ख्याल गरेर नै नखेलेको बताए ।

उनले आसन्न टी–२० विश्वकप क्वालिफायरका लागि शुरु हुने क्याम्पमा रहने बताउँदै फ्रेन्चाइज लिग भनेर छानेर मात्रै खेल्ने प्रतिक्रिया दिए । समय मिलेमा नेपालमा हुने अन्य घरेलु प्रतियोगितालाई पनि उत्तिकै महत्व दिने पनि उनले प्रष्ट पारेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७