विवादित इन्स्पेक्टरलाई पर्सा लान एसपीकै जोड


२८ जेष्ठ २०७६, मंगलवार
rathaur

 काठमाडौं, २८ जेठ । जागिर खाएदेखि नै काठमाडौं उपत्यकाका मालदार कार्यालयमा बसेका इन्स्पेक्टर असरफ अली अन्सारी पर्सामा सरुवाको चक्करमा लागेका छन् । प्रनानि हुँदा काठमाडौं प्रहरीमा लामो समय कार्यरत अन्सारीको छवि प्रहरीमा त्यति राम्रो छैन । उनी स्वयम्भु, सोहखुट्टेजस्ता बृत्तमा रहँदा पनि विवादमा परेका थिए ।

सोह्रखुट्टेमा हुँदा उनी हतियार बरामदका क्रममा विवादमा परेका थिए । पछिल्लो समय अपराध अनुसन्धान महाशाखामा कार्यरत इन्स्पेक्टर अन्सारीलाई पर्सामा लान भर्खरै सरुवा भएका एसपी सोमेन्द्रसिंह राठौर नै लागेका छन् ।

अपराध महाशाखाबाट पर्सामा सरुवा भएका राठौर अन्सारीको असुली क्षमतासँग परिचित भएकाले उनलाई लान प्रहरी प्रधान कार्यालयमा भनसुन गरिरहेका छन् । उनलाई तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले पनि काठमाडौं परिसमा सरुवा नगर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७