भक्तपुर १ मा प्रेम सुवाल १५ हजार बढी मतले विजयी


प्रकाशित मिति : December 11, 2017

काठमाडौं: भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल विजयी भएका छन् । सुवालले काँग्रेस, बाबुराजा जोशीलाई हराउँदै विजयी भएका हुन् ।

सुवालले जोशीलाई झन्डै दोबर मतले पराजित गरेका छन् । सुवालले ३३०७६ मत प्राप्त गरेका छन् । भने, जोशी १७७१८ मत पाएका छन् । वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी नेता मिलन सुवाल १५३७४ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्