‘मारुनी’ का केही दृष्यले साम्राज्ञी डराइन्


२८ जेष्ठ २०७६, मंगलवार
naya

काठमाडौं, २८ जेठ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र ‘मारुनी’ का केही दृष्य गर्दा आफूलाई डर लागेको बताएकी छिन् । चलचित्रमा समावेश ‘जाम्न माया जाम’ बोलको गीत रिलिज कार्यक्रममा उनले भनिन् ‘मैले यस्तो खालको डान्स यसअगाडि गरेको थिइनँ । रोमान्टिक गीत मात्र गरेकाले पनि यसमा डान्स गर्दा लाज लागेको थियो ।’

साम्राज्ञीले नायक पुष्प खड्काको पनि प्रशंसा गरिन् । उनले, आफूसँग काम गर्ने अर्को कलाकारको अभिनय पनि उत्कृष्ट हुँदा रमाइलो हुने भन्दै पुष्पमा त्यो क्षमता भएको सुनाइन् । यस्तै, चलचित्रका नायक पुष्प खड्काले गीतको बारेमा भने ‘म पहिलेदेखि नै बलिउडका गीत हेरिरहन्थेँ । उनीहरुको फरक खालको डान्स मुभ आफूले पनि गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो ।’

 

गायक दिपक बज्राचार्यले भिडियोमा आफ्नो गीतलाई अर्कै ज्यान दिएको बताए । उनले, चलचित्रमा काम गर्ने मौका पाएको भन्दै कुनै कमी कमजोरी हुन नदिएको बताए । चलचित्रका निर्देशक नवल नेपालले ‘मारुनी’ बाट दर्शकलाई सन्तुष्ट बनाउने प्रयास गरेको बताए ।

चलचित्रकी निर्मात्री पूनम गौतमले ‘मारुनी’ फरक स्वादको चलचित्र भएको भन्दै दर्शकलाई मनपर्ने बताइन् । उनले, चलचित्रको सम्पूर्ण टिमसँग काम गर्दा खुशी लागेको सुनाइन् । चलचित्रकी अर्की नायिका रेविका गुरुङले आफूले पाएको भूमिकालाई सक्दो न्याय गरेको सुनाइन् । भदौ १३ गतेबाट रिलिज हुने चलचित्रको कथावस्तु भने खुलाइएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७