काभ्रे क्षेत्र २ को प्रतिनिधिसभा गोकुल बांसकोटा विजयी


२५ मंसिर २०७४, सोमबार
gokul baskota

काठमाडौँ: काभ्रे क्षेत्र नम्बर २ को प्रतिनिधि सभा तर्फका वाम उम्मेद्वार गोकुल बांसकोटा एमालेले ५४ हजार ४ सय २७ मत प्राप्त गर्दै विजयी बनेका छन् ।gokul baskota

उनका निकत्तम प्रतिद्वन्दी नेपाली काङग्रेस काभ्रेका सभापति समेत रहेका मधु आचार्यले ३६ हजार ५ सय ७९ मत ल्याएका छन् । काभ्रेमा निकै फराकिलो अन्तरले जित्नेमा पनि गोकुल बाँस्कोटा नै पर्छन उनको आचार्यको मत भन्दा १७ हजार मतान्तर फरकमा बिजयी भएका हन् ।

 प्रदेश सभा (१) मा पनि वाम गठबन्धनका उम्मेद्वार लक्ष्मण लम्साल एमालेले २७ हजार ६सय २१ मत प्राप्त गर्दै विजेता भने  नेपाली काङग्रेसका सुन्दरमणि आचार्यले १६ हजार ५ सय ८९ मत प्राप्त गर्दै उपविजेता बनेका छन् ।

निर्वाचन क्षेत्रको प्रदेश सभा (२)मा पनि वाम गठबन्धनका उम्मेद्वार बसुन्धरा हुमागाई एमालेले २५ हजार ९ सय २३ मत प्राप्त गर्दै विजेता बने भने उनको निकत्तम प्रतिद्वन्दी नेपाली काङग्रेसका पुर्व सांसद समेत रहेका कञ्चन चन्द्र बादेले १८ हजार ९सय ०७ मत प्राप्त गर्दै उपविजेता बनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७