लोकसेवाको असमावेशी विज्ञापन विरुद्ध आदिवासी जनजातिको प्रदर्शन


२८ जेष्ठ २०७६, मंगलवार
kirat rai student union

काठमाडौँ, २८ जेठ । समावेशी सिद्धान्त विपरीत लोकसेवा आयोगले विज्ञापन खुलाएको भन्दै आदिवासी जनजाति महासंघले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । संविधानको मर्म र भावाना विपरित समावेशी सिद्धान्त अबलम्बन नगरि खुलाएको विज्ञापन तत्काल खारेज गर्न माग गर्दै मङ्गलवार विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रर्दशन नेपाल आदिवासी जनजाति महासंघको संयोजन तथा जनजातीय संगठनको आह्वानमा सडकमा उत्रिएको महासंघ अध्यक्ष जगतबहादुर बरामले बताए । हामी प्रारम्भिक चरणमा राज्यको ध्यानाकर्षण गराउन सडकमा उत्रिएका अध्यक्ष बरामले बताए । उनले भने,‘संविधानलाई कुल्चिने काम भएकोले बाध्यात्मक आन्दोलनमा उत्रिनु पर्योे, राज्य सरकारले सुनुवाई नगरेसम्म आन्दोलन जारी रहन्छ ।’

कार्यक्रममा आरक्षणको व्यवस्थालाई षड्यन्त्रपूर्ण र बदनियतपूर्वक निस्तेज पार्न उद्दत्त देखिएको महासंघले आरोप लगाए । महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले जनजाति आन्दोलनले स्थापना गरेको अधिकार आयोगले विस्थापित गरिरहेको आरोप लगाए ।

सुशासन तथा राज्य व्यवस्था समितिले लोकसेवा आयोगले निकालेको विज्ञापन रद्द गर्न सरकार र आयोगलाई यसअघि नै निर्देशन दिइसकेको छ समितिले आयोगको विज्ञापन रद्द गरी समावेसी सिद्धान्तका आधारमा दरखास्त आव्हान गर्न दिएको निर्देशन दिएको छ । भने आज भएको प्रतिनिधी सभाको बैठकमा समेत चर्को विरोध भएको थियो ।

आयोगले स्थानीय तहका लागि जेठ १५ गते कर्मचारी पदपूर्तिको विज्ञापन गरेको थियो ।
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सङ्घीय तामसालिङ मञ्च नेपाल, चुम्लुङ, किरात राई यायोक्खा, किरात याक्थुङ, नेपाल मगर सङ्घलगायतका विभिन्न जातीय सङ्घ, सङ्गठनहरू विरोध प्रर्दशनमा सहभागी थिए ।

विरोध प्रदर्शनमा गुठी विधेयक पनि फिर्ता लिन माग गर्दै सरकारविरुद्ध चर्का नाराबाजी गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७