दुई हजार बढी विद्यार्थीको क्षयरोग परीक्षण


२९ जेष्ठ २०७६, बुधबार
health 1

खलङ्गा, २९ जेठ । जुम्लाका पाँच विद्यालयका दुई हजार ५४० विद्यार्थीले क्षयरोगसम्बन्धी उपचार पाएका छन् ।

कर्णाली मावि अनामनगर, चन्दननाथ नमूना मावि खलङ्गा बजार, रत्नचुण्डेश्वर मावि बोहोरागाउँ, जनता प्राविधिक मावि महतगाउँ र जनज्योति मावि बारकोटे वाडाका विद्यार्थीले क्षयरोगसम्बन्धी उपचार पाएका हुन् ।

कर्णाली मावि अनामनगरका ७ सय, चन्दननाथ नमूना माविका ९ सय, रत्नचुण्डेश्वर मावि बोहोरागाउँका १७०, जनता प्राविधिक माविका ७ सय र जनज्योति मावि बारकोटे वाडाका ७० विद्यार्थीले क्षयरोगसम्बन्धी उपचार पाएको कर्णाली मावि अनामनगरका प्रध्यानाध्यापक मीनराज शर्माले जानकारी दिए ।

दुई हजार ५४० मध्येमा चार विद्यार्थीलाई शल्यक्रिया गर्नुपर्ने, छ लाई सामान्य औषधि खानुपर्ने र १० मुटुरोग भएकालाई छालाको उपचार र शल्यक्रिया गर्नुपर्ने देखिएको शर्माले बताए ।

छ बाथ मुटुरोगी, १४ मा जन्मजात मुटुरोगको समस्या देखिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । नेपाल क्षयरोग निवारण प्रतिष्ठान जिल्ला शाखा जुम्लाको आयोजना र नेपाल क्षयरोग निवारण प्रतिष्ठानको प्राविधिक सहयोगमा चन्दननाथ नगरपालिकाभित्रका माध्यामिक विद्यालयमा अध्ययनरत छात्रछात्रालाई मुटुको जाँच गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७