राजाले जति गरे त हुने नि !


२९ जेष्ठ २०७६, बुधबार

काठमाडौं, २९ जेठ । नेपाली कांग्रेसको जनजागरण अभियान र स्थानीय तहमा असारको बजेट सिध्याउने चटारो एकसाथ जारी छ । नयाँ आर्थिक वर्ष शुरु हुन एक महिनामात्र बाँकी छ, बजेट सदुपयोग गर्दै काम देखाउनुपर्ने बेला हो यो । तल तल बजेट गएको छ तर कामको प्रगति खासै हुन सकेको छैन ।
अहिले गाउँगाउँमा खर्च व्यवस्थापन, हिसाब, किताब मिलाउने चटारो छ । माथिल्लो पदका मान्छे, अर्थात् जनप्रतिनिधि, कार्यकारी अधिकृत र ठुल्ठूला तहका मान्छेहरु तारे होटलमा, सानाहरु सेकुवा कर्नरमा, उपभोक्ता समितिवाला चियापसलमा चिन्ताग्रस्त भेटिन्छन् । ठेकेदार र हाकिमलाई पनि भ्याईनभ्याई छ । ‘हरेक गाउँ एक प्राविधिक शिक्षालय’ भन्ने नाराजस्तै अब यस्तो अनियमितता र अराजकताको स्थिति हेर्दा प्रत्येक स्थानीय निकाय, एक अख्तियारको नीति लागु गर्नुपर्ने अवस्था आइसक्यो । र, यसपालि बेरुजु भरमार देखिने स्थिति छ ।

उता कांग्रेसको जनजागरण कर्मकाण्डी बन्ने स्थिति देखिएको छ । पार्टी सभापति बन्ने कुरालाई अर्जुनदृष्टि बनाउँदै नेताहरु दौडिरहेका छन् । सभापति शेरबहादुर देउवा प्लेन जाने ठाउँमा मात्रै पुग्ने । हामी मिलेका छौँ भन्नुपर्ने ठाउँमा ठुल्ठूला नेताबीच आरोप–प्रत्यारोप चल्दैछ । रामचन्द्रसँग गुनासोमात्रै पाइन्छ । जनजागरण कुन उद्देश्यसाथ अगाडि बढाउने, महाधिवेशन कसरी आयोजना गर्ने भनेर कार्यकर्तासँग छलफल गर्ने, फिडव्याक लिने र मार्गप्रशस्त गर्ने कुरालाई पटक्कै ख्याल गरिएको छैन ।
नेकपाको हालत पनि त्यही हो । कार्यक्रम छैन, गति छैन, कार्यकर्तामा उत्साह पनि छैन । पञ्चायतकालमा पनि राजाले विकास क्षेत्रको दौडाह र बेलाबेला पञ्च भेला गरेर सेनामेनालाई तताइराख्थे ।  जनताबीच सम्बन्ध हुनुपर्ने, तर नेकपा जमेको तलाउजस्तो बनेको छ । आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७