प्रधानमन्त्री फ्रान्स जाँदै, समकक्षी एडुवार्ड फिलिपसँग छलफल


२९ जेष्ठ २०७६, बुधबार
pm 3

काठमाडौं, ३० जेठ । युरोप भ्रमणका क्रममा बेलायतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज फ्रान्स जाँदैछन् ।

प्रधानमन्त्री नेतृत्वको नेपाली टोली अपराह्न फ्रान्स पुग्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीले उच्चस्तरीय राजनीतिक भेटवार्ता भने भोलिबाट गर्ने कार्यक्रम तय भएको छ । उनले फ्रान्सका समकक्षी एडुवार्ड फिलिपसँग सम्बन्ध विस्तार तथा आपसी हितका विषय गर्ने बताइएको छ ।

फ्रान्समा रहँदा प्रधानमन्त्री ओलीले नेपालमा लगानीका लागि फ्रान्स सरकार तथा स्थानीय उद्योगी व्यापारीलाई आह्वान गर्नेछन् । प्रधानमन्त्री ओलीले फ्रान्सको राष्ट्रिय विधान सभामा पनि सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनले आगामी शनिबार युरोपमा रहेका नेपाली राजदूतहरुसँग छलफल गर्ने र आइतबार काठमाडौं आइपुग्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७