मिडिया विधेयक परिमार्जन हुन्छ : प्रचण्ड


२९ जेष्ठ २०७६, बुधबार
Prachanda 1 ZJeyOnZjOu

चितवन, २९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले मिडिया काउन्सिल विधेयकलाई परिमार्जन हुने बताएका छन् ।

प्रेस सङ्गठन चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले ल्याएका कतिपय विधेयकमा आवश्यक गृहकार्य नपुगेको बताउँदै छलफल गरेर अघि बढ्ने बताएका छन् । ‘मिडिया विधेयकलाई पनि आवश्यक परिमार्जन गरेरै अघि बढ्नुपर्छ भन्ने छ,’ उनले भने ।

लोकसेवा आयोगसम्बन्धी विधेयकको सवालमा उनले संसदीय समितिले एक खालको निर्देशन दिएको र सरकारले अर्कै खालको निर्णय गरेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएपछि आवश्यक छलफल गरेर निश्कर्षमा पुगिने उनले बताए ।

पार्टी एकताको बाँकी काम टुंग्याउने गृहकार्य भइरहेको दाहालले जानकारी दिएका छन् । उनले केही जिल्लामा इन्चार्ज र सहइन्चार्ज तोक्ने शिलशिलामा गृहकार्य नपुगेको बताउँदै भने, ‘विवाद देखिएका जिल्लाका बारेमा छलफल गरी अब प्याकेजमै सहमति खोज्ने तयारी भइरहेको छ ।’

पार्टी एकता प्रक्रियामा टुंगो लाग्न बाँकी रहेका इञ्चार्ज, सहइञ्चार्ज, ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार समिति, आयोगलगायत एकै साथ प्याकेजमा टुङ्गो लाग्ने उनको भनाइ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७