पोखरामा गोली हानेर समातियो लागूऔषध कारोबारी


२९ जेष्ठ २०७६, बुधबार
goli 1

पोखरा, २९ जेठ । पोखरामा प्रहरीले गोली चलाएर एक लागूऔषध कारोबारीलाई पक्रेको छ ।

प्रहरीले पक्राउ गर्न खोज्दा अपरेसनमा खटिएका प्रहरी सहायक निरीक्षकमाथि आक्रमण गरेपछि लागूऔषध कारोबारी ‘जोन’ भनिने गोविन्द थापामाथि गोली चलाएर नियन्त्रणमा लिएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले पुष्टि गरेका छन् ।

उनको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका थापा लागूऔषध मुद्दामै तीन बर्ष कतारको कारागारमा बसेर छुटेका ब्यक्ति भएको प्रहरीले जनाएको छ । उनलाई पोखराको उत्तम चोकमा गोली हानेर नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७