प्रशासकीय अदालतसम्बन्धी विधेयकमा सांसदहरुको असहमति, सच्याउन आग्रह


२९ जेष्ठ २०७६, बुधबार
samiti

काठमाडौं, २९ जेठ । संघीय संसदको कानुन, न्याय तथा मानवअधिकार समितिमा प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल भएको छ ।

सांसदहरुले उक्त विधेयकमा असहमति जनाएका छन् । समितिको आज बसेको बैठकमा सांसदहरुले संसदमा पेश भएको प्रशासकीय अदालतसम्बन्धी विधेयक अधुरो रहेको भन्दै सच्याउन आग्रह गरेका छन् ।

नेपाली कांग्रेसका सांसद मीन बिश्वकर्मा, पुष्पा भुषालले सात वटै प्रदेशमा एकै पटक प्रशासकीय अदातल स्थापना गर्दा आर्थिक व्ययभार बढ्ने भन्दै इजलासको रुपमा विस्तार गरिनु पर्ने बताएका छन् ।

सांसदहरुले आफ्नो धारणा राखेसँगै कानुनमन्त्री भानुभक्त ढकालले सरकारले अध्ययन गरेर नै विधेयक पेश गरेको भन्दै कानुन निर्माण गर्दा अहिलेको आवश्यकता पूरा गर्ने र सांसदको बुझाइमा एकरुपता ल्याउन आफूहरु तयार रहेको बताएका छन् ।

उनले काठमाडौमा प्रशाशकीय अदालत राख्ने र सात वटा प्रदेशमा इजलासको माध्यमबाट काम गर्न पनि सकिने दावी गरे । तर, अन्य प्रदेशमा इजलासको रुपमा स्थापना गर्दा प्रदेशबीच भेदभाव हुन सक्ने उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७