नेपालगञ्ज उडेको बुद्धको जहाज भैरहवा ‘डाइभर्ट’


२९ जेष्ठ २०७६, बुधबार
buddha air

काठमाडौं, २९ जेठ । काठमाडौंबाट नेपालगञ्च उडेको बुद्ध एयरको जहाज भैरहवा ‘डाइभर्ट’ भएको छ ।

काठमाडौंबाट नेपालगञ्ज उडेको बुद्ध एयरको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण गर्न नसकेपछि भैरहवा डाइभर्ट भएको हो । बुधबार बिहान भारतबाट नेपाल प्रवेश गरेको हावाहुरीले पश्चिम क्षेत्रको आन्तरिक विमानस्थलमा उडान अवतरण प्रभावित भएको छ ।

नेपालगञ्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार हावाहुरीका कारण करीब आधा घण्टा विमानस्थल पूर्णरुपमा बन्द भएको थियो । अहिले भने अवस्था सामान्य भइसकेको छ । भैरहवा डाइभर्ट भएको बुद्धको जहाज नेपालगञ्जका लागि फिर्ता हुने क्रममा रहेको उनले जानकारी दिएका छन् ।

बुधबारदेखि नै सञ्चालनमा आएको धनगढी विमानस्थलमा जहाज पुग्ने बेलासम्म मौसम सामान्य भइसकेको थियो । काठमाडौंबाट उडेको श्री एयरलाइन्सको जहाज धनगढीमा अवतरण भइसकेको धनगढी विमानस्थलले जानकारी दिएको छ । धावनमार्ग मर्मत गर्न यो विमानस्थल २२ वैशाखदेखि बन्द भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७